जयगढका अग्नि पीडितलाई प्रदेशको 'मल्हम'
सुदूरपश्चिम प्रदेश सरकारले अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ आगलागी पीडितलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले जयगढका अग्नि पीडितलाई तत्काल उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । बान्नीगढी जयगढ गाउँपालिकामार्फत पीडितलाई रकम उपलब्ध गराइनेछ ।
जसअनुसार पालिकाले मानवीय सहायतासम्बन्धी मापदण्ड बनाएर पीडित परिवारलाई राहत उपलब्ध गराउने प्रदे…