चिकित्सा क्याम्पसमा सहायक नियुक्तिको तयारी

चिकित्सा क्याम्पसमा सहायक नियुक्तिको तयारी

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसको सहायक क्याम्पस प्रमुख नियुक्ति प्रक्रिया अघि बढाइएको छ । 

सहायक क्याम्पस प्रमुख नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले आज एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ५२ को नियम १८७ (क) बमोजिम दरखास्त आह्वान गरिएको समितिले जनाएको छ । 

योग्यता पुगेका इच्छुक व्यक्तिले आउँदो वैशाख ३ गतेसम्म आवेदन दिन सक्नेछन् । उम्मेदवार त्रिवि सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ बमोजिम योग्य हुनुपर्ने छ । 

यससम्बन्धी विस्तृत जानकारी क्याम्पसको वेबसाइटमा राखिएको छ ।

टिप्पणीहरू