पूर्वका पहिचानवादीहरुलाई संयमता अपनाउन आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले कोशी प्रदेशको नामाकरणको विषयमा भइरहेको प्रदर्शनलाई हिंसात्मक नबनाउन आग्रह गरेको छ ।
आयोगले आफ्ना माग विधिसंगत, शान्तिपूर्ण र मर्यादित ढंगले राख्न, आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार प्रभावित हुने गतिविधि नगर्न तथा विरोध प्रदर्शनलाई हिंसात्मक नबनाउन प्रदर्शनकारीलाई अनुरोध गरेको हो ।
यसअघि गत चैत १७ गते विज्ञप्तिमार्फत विरोध प्रदर्शनका क्रममा मृत्यु भएका लाजेहाङ लिम्बु (पदम लिम्बू) का परिवारलाई क्षतिपूर्ति दिन, मृत्युको घटनामा स…