प्रदेशको नाम फेर्न ११ वटा वडा कार्यालयमा ताला

प्रदेशको  नाम फेर्न ११ वटा वडा कार्यालयमा ताला

कोशी प्रदेशको पुनः नामाकरणको माग गर्दै शुरु भएको आन्दोलनका क्रममा पाँचथरको स्थानीय तहका ११ वटा वडा कार्यालयमा तालावन्दी भएका  छन् ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले फिदिम नगरपालिका १,२,४,५,६,९,११ र १२ , फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर १ र फालेलुङ गाउँपालिकाको वडा नम्बर ७ मा तालाबन्दी गरेको छ  ।

आन्दोलनकारीले शुक्रवारबाट बडा कार्यालय  तालावन्दी थालेका हुन् । जसको कारण वडामा काम प्रभावित हुँदा सेवाग्राही मारमा परेका छन् ।

प्रदेशसभा बैठकले फागुन १७ गते साविकको एक नम्बर प्रदेशलाई ‘कोशी’ नामाकरण गरेपछि उक्त नामले पहिचान नसमेटेको भन्दै किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा लगायतका संस्थासङ्गै लिम्बुवान मञ्च,लिम्बुवान राज्य परिषद र जनता समाजवादी पार्टी सहितका दल र तिनका भातृ संगठनले पुनः नामाकरण संयुक्त संघर्ष समिति गठन गरेका थिए ।

टिप्पणीहरू