साफ क्लब महिला च्याम्पियन्सिपम एपीएफ र नास्रिन भिड्दै
दक्षिण एसियाली फूटबलको इतिहासमा पहिलोपटक साफ क्लब महिला च्याम्पियन्सिप हुँदैछ । काठमाडौंमा आजबाट पहिलोपटक हुने लागेको प्रतियोगितामा दक्षिण एसियाली ५ राष्ट्रका पाँच टोलीले आफ्नो दाबेदारी प्रस्तुत गर्दैछन् ।
माल्दिभ्स र श्रीलंकाबाट बाहेक नेपालबाट नेपाल एपीएफ क्लब, भारतबाट इस्ट बेंगल एफसी, बंगलादेशबाट नास्रिन स्पोर्ट्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट काराँची सिटी एफसी प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको पहिलो दिन आज दुई खेल हु…