अब हामी पछि हट्दैनौं : प्रदेशमन्त्री
वाग्मती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले जेठ ७ गते जारी गरेको सूचनामा आगामी ३५ दिनभित्र पुराना सार्वजनिक सवारीसाधनलाई पत्रु बनाउन निर्देशन दिएको थियो ।
प्रदेशभित्रका सवारी तथा यातायात व्यवस्थापनको निम्ति जारी गरिएको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९ (४) मा शुरु दर्ताको मितिले विद्युतीय सवारी साधनको हकमा ३० वर्ष र अन्य सवारी साधनको हकमा २० वर्ष नाघेका सार्वजनिक सवारीसाधनलाई कानूनबमोजिम पत्रु बनाउन मन्त्रालयले निर्देशन दिएको हो ।…