संस्कृति, पहाड र प्रविधि : हिमालयन रिम चलचित्र प्रदर्शनी
त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता विभागको सभा हल आज बिहान फरक दृश्यले भरिएको थियो। पर्दामा चलिरहेका एनिमेटेड दृश्य, एआई प्रविधिबाट सिर्जित पहाड र पात्रहरू, र उत्सुकतापूर्वक हेर्दै बसेका पाहुना, सहभागी र विद्यार्थीहरू—सबैले ‘हिमालयन रिम क्षेत्रीय चलचित्र प्रदर्शनी–२०२५’ को प्रारम्भलाई विशेष बनाइरहेका थिए।
हिमालयन रिम फिल्म एक्जिभिसनद्वारा आयोजना गरिएको प्रदर्शनी नेपालमा पहिलो पटक क्षेत्रीय सांस्कृतिक पहलका रूपमा आयोजना गरिएको हो। चिनिय…