समृद्धिको शिखरमा पुग्ने चिनियाँ रोडम्याप,राजदूत सोङ्ग के भन्छन् ?
जनगणतन्त्र चीनको १५ औं पञ्चवर्षीय योजना आगामी जनवरी १ तारिखदेखि लागु हुँदैछ । चिनियाँ कम्युनिष्ट पार्टी २० औं केन्द्रीय समितिको गत अक्टोबर २० देखि २३ तारिखसम्म बसेको बैठकले अनुमोदन गरेको उक्त योजनालाई विश्वले महत्वका साथ हेरेको छ । छिमेकी मित्रराष्ट्रले तय गरेको महत्वपूर्ण उक्त योजनाबारे नेपालमा पनि चासो र उत्सुकता देखिनु स्वाभाविक छ ।
नेपालका लागि जनगणतन्त्र चीनका राजदूत छन सोङले हिजो राजधानी काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा विश्वले व्यग्रताका साथ…