जनताको आवाज जिन्दावाद
चीनको पल्लो सान्सी प्रान्तीय राजधानी सिआनमा आयोजित मिडियाकर्मीहरुको सम्मेलनमा ग्लोबल साउथ मुलुकका सञ्चारकर्मीहरुको पेशागत क्षमता अभिवृद्धिका लागि तालिम केन्द्र स्थापना गर्ने निर्णय भएको छ । ग्लोबल साउथ मिडिया पार्टनर्स मेकानिज्म र १३ औं ग्लोबल भिडियो मिडिया फोरममा जनताको आवाजलाई मुखरित गर्ने विश्वका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुबीच आपसी सहकार्यको लागि आवश्यक संयन्त्र निर्माणका निम्ति सहमति भएको छ ।
तेस्रो विश्वअन्तर्गत ग्लोबल साउथका ४१ तथा वरपरका ६० भन्दा बढी देशबाट सहभागी मिडियाकर्मीहरुले सुशासन, आर्थिक,वातावरण र सांस्कृतिकलगायत समान विषयमा संयुक्त सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
सिसिटिभी भिडियो न्युज एजेन्सी, चिनियाँ कम्युनिष्ट पार्टीको सिआन नगर समिति र चाइना मिडिया ग्रुपअन्तर्गत सान्सी ब्युरोको आयोजना तथा चाइना ग्लोबल टेलिभिजन नेटवर्कको सहयोगमा आयोजित कार्यक्रममा विशेषगरी कम विकसित र विकसित मुलुकका विभिन्न सञ्चारमाध्यम र सञ्चारकर्मीले सञ्चार क्षेत्रमा देखिएका नयाँ प्रविधिलाई आत्मसात् गर्न समान धारणा बनाएका छन् ।
टिप्पणीहरू