शहरभित्र

ओलीको कुटी

– सिंहराज बालकोट निवासी कमरेड केपी शर्मा ओलीको स्थायी बसोवास अब गुण्डुमै हुने भएको छ । निर्माण गर्न लागिएको घरको शिलान्यास पनि सकिएको छ । घरको नाम हो– ओली कुटी । ओलीको लागि घर बनाउनु कुनै ठूलो कुरा होइन । उहाँले चाहनुभयो भने यस्तो घर हरेक महिना एक गोटाका दरले बनाउन सकिन्छ । त्यति ल्याकत उहाँसँग छ । ठूलो कुरा त के हो भने यो घरको नाम जो छ, त्यो ‘ओली कुटी’ भनेर कसरी र किन रहन गयो ? बाहिरबाट हेर्दा त महेश बस्नेत ओली नजिककै मान्छे हुन्…