भ्रष्टाचारीको टेप
पत्रकार– प्रधानमन्त्रीज्यू एमालेको मन्त्री राजकुमार गुप्ताले त घुस मागेको टेप सार्वजनिक भएछ नि, सुुन्नुभो ?
प्रम– सुनेको छैन ?
पत्रकार– सुनेको छैन ? दुनियाँले सुनिसक्यो, तपाईंले सुन्नु पर्दैन ?
प्रम– दुनियाँसँग मलाई के मतलब ?
पत्रकार– तैपनि तपाईं प्रधानमन्त्री भएपछि सुन्नु त पथ्र्यो नि !
प्रम– सुन्छु नि, किन सुन्दिनँ ?
पत्रकार– अघि त सुन्दिनँ भन्नुभा’थ्यो ।
प्रम– टेप पो सुन्दिनँ भनेको थिएँ, गीत त सुनिहाल्छु नि !
प्रम– मलाई भ्रष्टाचारीहरूको स्वरै सुन्न मन लाग्दैन, त्यही भएर नसुनेको ।
पत्रकार– त्यसोभए बोलाएर मन्त्रीको राजीनामा लिनुहुन्छ होला नि !
प्रम– म राजीनामा पनि लिन सक्दिनँ ।
पत्रकार– किन ?
प्रम– मलाई भ्रष्टाचारीहरूको अनुहार पनि हेर्न मन लाग्दैन । मैले भ्रष्टाचारीको अनुहारै हेर्दिनँ भनेर घरमा बूढीलाई पनि भन्दिएको छु । भ्रष्टाचारीको अनुहारै नहेर्ने भनेपछि मैले कसरी त्यसलाई बोलाएर राजीनामा माग्न सक्छु र ? त्यसो भो भने त अनुहार हेर्नुपर्ने हुन्छ । म अनुहारै हेर्दिनँ ।
टिप्पणीहरू