घर फर्क कमरेड हो !

घर फर्क कमरेड हो !

नेकपा एमालेले पुराना कार्यकर्ताहरूलाई घर फर्कने उर्दी जारी गरेको छ । जो घर छोडेर हिँडे, जम्मै घर फर्कनू !

एमालेको ‘घर फर्कनू’ भन्ने उर्दी देखेर एउटा कार्यकर्ताले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सोधेछन्– कमरेड, तपाईंंले सबैलाई घर फर्कनू त भन्नुभयो तर फर्केर आए भने कहाँ राख्ने ? हाम्रो घर त जलिसकेको छ ।’

ओली– चिन्ता नलिनू, त्यो हामी व्यवस्था गरौंला ।

कार्यकर्ता– कसरी व्यवस्था गर्ने ? तपाईंं आफैं त आफ्नो घरमा नबसी नगरकोटीको घरमा डेरा बस्नुभा’ छ । घर फर्कने कार्यकर्तालाई कहाँ राख्ने ?

ओली– गुण्डुमा ।

कार्यकर्ता– गुण्डुमा कहाँ ?

ओली– महेशको गोठमा । महेशले गुण्डुभरिका गोठहरू रिजर्भ गरिसकेको छ । फर्कने जतिलाई त्यही गोठमा राख्ने हो । 

कार्यकर्ता– अनि कार्यकर्ताहरू गोठमा बस्न फर्केलान् त ?

ओली– अहिले पो गोठमा बस्ने हो । संसद पुनस्र्थापना भएपछि संसदमै बस्ने व्यवस्था गरिदिउँला नि, हुन्न ? 
 

टिप्पणीहरू