जेनजीहरू

जेनजीहरू

दशैंमा छोराले साह्रै कचकच गर्‍यो । उसलाई स्पाइडर छाप भएको लुगा चाहियो रे । अब साह्रै कर गरेपछि भैगो नि त किन्दिऊँ भन्दै लिएर गएँ । उसलाई चाहिएको स्पाइडर छापवाला लुगा थियो । त्यस्तो लुगा पाइने पसल बजारतिर थियो । त्यतै लगेँ । 

पसल ठूलै खालको थियो । त्यहाँ बच्चाहरूलाई चाहिने अन्य सामान पनि थिए । छोरालाई लुगा हेर्न लगाएँ । त्यहाँ उल्लाई ठ्याक्कै फिट हुने लुगा रहेछ । त्यो पनि स्पाइडर छापवाला । छोराको लुगा प्याक गरेर म पैसा तिर्दै थिएँ, ऊ अर्को कुनातिर गएर खेलौना गाडी पनि चाहियो भन्न थाल्यो ।

गाडी अलि महँगै थियो । ठीकै छ, छोराले रहर ग¥यो भनेर त्यो पनि किन्दिएँ । गाडी पाएपछि ऊ जुत्ता भएको ¥याकतिर गयो । जुत्ता पनि चाहियो पो भन्छ बा ! म जुत्ताको भाउ गर्दै थिएँ, ऊ फेरि अर्को कुनातिर गएर चकलेट चाहियो भन्न थाल्यो । मैले चकलेट खानु हुँदैन भनेर निकै सम्झाएँ । ऊ एउटा ठूलो डल समाउन गयो । म हैरान भएँ । एउटा सामान किन्छु भनेर आएको केटो, पसलमा पुगेपछि त यो  चाहियो, त्यो पनि चाहियो पो भन्न थाल्छ ।

पसलमा त धेरै सामान हुन्छन् । तर  जम्मै चाहियो भन्दैमा पाइने त होइन नि ! खै यो केटोले के गर्न खोज्या हो । मैले टाउको समाएँ ।

अहिले जेनजी भाइबहिनीहरूले गरिरहेको माग यस्तै त होइन ? 

टिप्पणीहरू