क्रिकेट बल लागेर अचेत भएकी चियर लिडर हाेशमा

क्रिकेट बल लागेर अचेत भएकी चियर लिडर हाेशमा

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को खेलका क्रममा बल लागेर एक चियर लिडर घाइते भएकी छन् । धादिङको गजुरी नगरपालिका–६, घर भई हाल काठमाडौंको माछापोखरी बस्दै आएकी २३ वर्षीया शर्मिला विक घाइते भएकी हुन् ।

जनकपुर बोल्ट्ससँगको खेलमा चितवन राइनोजका कप्तान कुशल मल्ले छक्का हानेको बल अनुहारमा लाग्दा उनी बेहोस भएकी थिइन् । लगत्तै उनलाई बल्खुस्थित बयोधा अस्पताल पुर्याइएकोमा अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । 

प्रहरीका अनुसार उनको बायाँ आँखाको तल पट्टी र नाकमा चोट लागेको छ । उनी अहिले बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू