टस हारेको काठमाडौँले पहिला ब्याटिङ गर्दै

टस हारेको काठमाडौँले पहिला ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गुर्खाज ब्याटिङमा उत्रिएको छ । पोखरा एभेन्जर्सले  टस जितेर पहिला बलिङ रोजेको हो । 

काठमाडौँले एक खेलाडी परिवर्तन गर्दा पोखराले भने यस अघिकै खेलाडीहरुलाई निरन्तरता दिएको छ । पाँच खेलमा तीन हार व्यहोरेको पोखरालाई प्लेअप सम्भावनालाई कायमै राख्न यो खेल जित्नैपर्ने दबाब छ । 

काठमाडौँ भने ६ खेलमा ४ जितसहित दोस्रो स्थानमा छ ।

टिप्पणीहरू