लुम्बिनीमा उपेन्द्र अर्कोतिर बस्ने
जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सो पार्टीबाट लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले आज प्रदेश सभा सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको निवेदन दर्ता गराएकी हुन् । उनले अब उप्रान्त विपक्ष आसनमा बस्ने व्यवस्था मिलाइदिन सभामुख तुलाराम घर्तीमगरलाई आग्रह गरेकी छिन् ।
दर्ता नम्बर १६४९ भएको पत्रमा भनिएको छ,‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था…