कञ्चनपुर र कैलालीमा बाढीको जोखिम
गएरातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।
धनगढी उपमहानगरपालिकाको मुख्य बजारसहित अधिकांश क्षेत्र डुबेको छ ।
कञ्चनपुरको कृष्णपुर, बैलारी पनि डुबानमा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा धनगढी एयरपोर्ट आसपास २०२.२ मिलिमिटर पानी परेको छ । यस्तै, कञ्चनपुरको बेलौरीमा २६७ मिलिमिटर पानी परेको छ ।
यो अति भारी वर्षा भएको र बाढी आउनसक्ने जोखिम रहेको जनाउँदै विभागले…