कञ्चनपुर र कैलालीमा बाढीको जोखिम
फाइल फाेटाे
गएरातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।
धनगढी उपमहानगरपालिकाको मुख्य बजारसहित अधिकांश क्षेत्र डुबेको छ ।
कञ्चनपुरको कृष्णपुर, बैलारी पनि डुबानमा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा धनगढी एयरपोर्ट आसपास २०२.२ मिलिमिटर पानी परेको छ । यस्तै, कञ्चनपुरको बेलौरीमा २६७ मिलिमिटर पानी परेको छ ।
यो अति भारी वर्षा भएको र बाढी आउनसक्ने जोखिम रहेको जनाउँदै विभागले त्यहाँ बसोबास गर्नेहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ । स्थानीय प्रशासनले पनि जिल्लाबासी तथा नदी तटीय क्षेत्रका बसोबासीहरुलाई विशेष सतर्कता अपनाउन सुझाएको छ ।
टिप्पणीहरू