प्रहरीको हेलचेक्र्याइँ, श्रीमानको क्लास र बेफ्वाँकमा थप हिरासत बास
प्रवक्ता गुरु पौडेलले नियामक निकाय राष्ट्र बैंक र सम्बन्धित बैंक बसेर सुल्झाउने विषय भएको भन्दाभन्दै प्रत्यक्ष संलग्न प्रभु म्यानेजमेन्टका पूर्व अध्यक्ष देवी भट्टचनलाई जमानतमा रिहा हुन र मूल पात्र कुसुम लामालाई विदेश बस्न छुट दिएको प्रहरी अनुसन्धान ब्युरो सिआइबीले अर्कै संस्था प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलगायतको हकमा थप पीडा दिएको गुनासो छ । निजहरुलाई आज शुक्रबार कार्यालय छुट्ने बेला अदालत पुर्याइएका कारण थप दुई दिन हिरासतमा बस्नुपर्ने अवस्था आइलागेको छ । गत आइतबार बैंकिङ कसूरअन्तर्गत अनुसन्धानका लागि सिआइबीले नियन्त्रणमा लिएपछि पाँच दिनका लागि म्याद थपिएको थियो ।
आज बेलैमा उच्च अदालत पाटन पुर्याउनुपर्नेमा दिउँसो साढे २ बजे मात्रै लगिएका कारण हेर्न नभ्याएर वाणिज्य इजलासले थुनछेक बहसका लागि आइतबार बिहान ११ बजेसम्मको म्याद थपिदिएको छ । इजलास नम्बर ९ का न्यायाधीशहरु सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलामध्ये एकजना श्रीमान बालाजुस्थित न्यायिक प्रतिष्ठानमा तालिम दिन जाने बेला घर्किएकाले आजको थुनछेक बहस असम्भव भएको हो ।
"आज बेलैमा उच्च अदालत पाटन पुर्याउनुपर्नेमा दिउँसो साढे २ बजे मात्रै लगिएका कारण हेर्न नभ्याएर वाणिज्य इजलासले थुनछेक बहसका लागि आइतबार बिहान ११ बजेसम्मको म्याद थपिदिएको छ । इजलास नम्बर ९ का न्यायाधीशहरु सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलामध्ये एकजना श्रीमान बालाजुस्थित न्यायिक प्रतिष्ठानमा तालिम दिन जाने बेला घर्किएकाले आजको थुनछेक बहस असम्भव भएको हो । "
शुक्रबार कार्यालय समय दिउँसो ३ बजेसम्म हुन्छ भन्ने जान्दाजान्दै सिआइबीले जानाजान शेरचनलाई ढिलो अदालतमा पुर्याएको परिवारजनको आशंका छ । आज थुनछेकको बहस हुन सकेको भए सम्भवतः उनीहरु देवी भट्टचनजस्तै धरौटीमा छुट्ने थिए तर बेफ्वाँकमा दुई दिन हिरासतमा बस्न बाध्य बनाइएको शेरचनका कानुन व्यवसायीहरुको आरोप छ ।
यही रिण प्रकरणमा सिआइबीले गुण सिनेमावाला राजेन्द्र शाक्यलाई समातेको छ भने पद्मा हाउजिङवाला माउन्टेन टिभीका साहुजी राजु कँडेललाई पनि समात्ने तयारी रहेकोे बुझिएको छ ।
टिप्पणीहरू