फेरि ब्युँतियाे महासचिवकाे ‘नातावाद’
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलमाथि लामो समयदेखि लाग्दै आएको ‘नातावाद’को आरोप भृकुटीमण्डपमा ब्युँतिएको छ । महासचिव पोखरेलले आफूमाथि लागेको उक्त ट्याग हटाउन पछिल्लो समय पार्टीभित्र सन्तुलन कायम गर्न खोजेको बताइए पनि जारी महाधिवेशनमा पत्नी र बहिनीको उम्मेद्वारीले आरोप पुनः सतहमा आएको हो ।
अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट पोखरेल पत्नी सुजिता शाक्य (काठमाडौँ उपत्यका) र बहिनी मेनका पोखरेल (लुम्बिनी)ले महिला केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् । प…