अमेरिकाबाट कर्मचारी फर्काउन उजुरी
अमेरिकाको सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावासका कर्मचारीहरुको गैरकूटनीतिक व्यवहारप्रति त्यहाँ रहेका नेपालीले आवाज उठाएका छन् । उनीहरुले कर्मचारीहरुको ‘मनपरी’ व्यवहारविरुद्ध अनुसन्धानको माग गर्दै नेपाल फिर्ताको अनुरोध गरेका हुन् ।
विदेशी भूमिमा सेवा गर्न बसेका कन्सुलेट कर्मचारीले नेपालीकै अभिव्यक्ति रोकेको,मनपरी व्यवहार गरेको जनाउँदै क्यालिफोर्निया निवासी माधव मरासिनीले परराष्ट्र मन्त्रालयलाई इमेल लेखेका छन् । नेपाली कन्सुलेटका केही कर्मचारीले सामाजिक …