पञ्चेबाजा बजाउँदै एमाले टोली

पञ्चेबाजा बजाउँदै एमाले टोली

एमाले नेता, प्रतिनिधि तथा कार्यकर्ताको टोली भक्तपुरको गठ्ठाघरबाट सल्लाघारीतर्फ अघि बढेको छ । स्थायी समिति सदस्य लालबाबु पण्डित, खगराज अधिकारी नेतृत्वको टोलीमा केन्द्रीय सदस्यहरु भगवती न्यौपाने, सरस्वती बस्नेतलगायत छन् । 

पञ्चेबाजा बाजाको तालमा नारा लगाउँदै झण्डै दुई हजारको टोली उता लागेको बताइन्छ । टोलीले एमाले जिन्दाबाद, ११ औं महाधिवेशन सफल पारौं, केपी ओली जिन्दाबाद नारा लगाएको छ ।

टिप्पणीहरू