मेयर बालेनको दाँतै फरक
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको दोहोरो चरित्र सार्वजनिक भएको छ। अमेरिकासँगको परियोजना र सहयोगप्रति सहज देखिने उनका व्यवहार छिमेकी मित्रराष्ट्रप्रति भने अनुदार रहेको प्रष्ट हुन्छ ।
अमेरिकी राजदूतावासले काठमाडौंको लगनस्थित ऐतिहासिक येँगा हिटीको जीर्णोद्धार सम्पन्न भएको जनाएको छ । परियोजना “काठमाडौं उपत्यकाका हिटी : जलस्रोत पुनःस्थापना” अन्तर्गत निर्माण गराइएको थियो । यसमा अमेरिकी राजदूतको सांस्कृतिक संरक्षण कोषबाट २ लाख ७५ हजार डलर सहयोग गरिएको उल्लेख छ ।
परियोजनाले कम्तीमा तीन हिटीको संरक्षण,विद्यार्थी र सम्पदाकर्मीलाई तालिम र दीर्घकालीन संरक्षण योजना निर्माणमा सहयोग पुर्याउने लक्ष्य राखेको दूतावासले जनाएको छ । यस्ता कार्यक्रममा महानगरपालिकाको पूर्व स्वीकृति आवश्यक हुने भएकाले बालेन नेतृत्वको नगरपालिकाले सहजै अनुमति दिएको थियो ।
तर अघिल्लो वर्ष चिनियाँ नयाँ वर्षको सांस्कृतिक कार्यक्रम आयोजना गर्न रत्नपार्कलगायत स्थानमा अनुमति माग्दा बालेनले देखाएको व्यवहार फरक र कूटनीतिक मर्यादा विपरितको थियो । काठमाडौंस्थित चिनियाँ राजदूतावासको पत्रको जवाफमा उनले चक्रपथको सीतापाइलादेखि महाराजगञ्ज खण्डमा मात्रै अनुमति दिइएको व्यङ्ग्यपूर्ण विवरण उल्लेख गरेका थिए ।
विश्लेषकहरूले बालेनको अनुदारताले उनको दोहोरो चरित्रलाई स्पष्ट बनाएको टिप्पणी गरेका छन् ।


टिप्पणीहरू