एनएमबिमा अनलाइन पेमेन्ट गेटवे
एनएमबि बैंकले अनलाइन पेमेन्ट गेटवे शुरु गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा बैंकले कार्डमा आधारित गेटवे शुरु गरेको हो । यो सेवाले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रकारका व्यवसायीलाई सहयोग पुर्याउने बैंकको भनाइ छ ।
बैंकका अनुसार गेटवेमार्फत व्यवसायीहरुले स्वदेशी तथा विदेशी जुनसुकै बैंकले जारी गरेका भिसा र मास्र्टरकार्डमार्फत ग्राहकबाट भुक्तानी लिन सक्नेछन् । यसले नेपालभित्र र विदेशबाट पनि भुक्तानी स्वीकार गर्न सकिने भएकाले व्यवसायीलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
पेमेन्ट गेटवेमा थ्री डी सेक्योर प्रविधि समावेश गरिएको छ, जसमा कारोबारको प्रमाणीकरणका लागि ओपीडी वा पासवर्ड आवश्यक पर्छ । गेटवेमा जोडिनका लागि अनलाइन व्यवसायीहरुलाई बैंकमा सम्पर्क गर्न आग्रह गरिएको छ । एनएमबि बैंकले देशभर रहेका आफ्ना दुई सय दुई शाखा, एक सय ८५ वटा एटिएम र नौ एक्सटेन्सन काउण्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
टिप्पणीहरू