पुराना दुकानहरू चल्लान् त अब ?
विश्व इतिहासले भन्छ– समय र समाजको गति र प्रवाहसँग तालमेलमा चुक्ने राजनीतिक शक्तिहरू अन्ततः प्रजापरिषद्जस्तै इतिहासको पानामा पुग्छन् । छिमेकी भारतको कांग्रेस पार्टी, इण्डोनेसियाको गोलकार, फिलिपिन्सका पुराना सत्ताधारी दल जस्ता थुप्रै शक्ति समयअनुसार आफूलाई बदल्न नसकेर स्वतः अप्रासंगिक बनेका छन् । एल साल्भाडोरका बुकेले, चिलीका गाब्रियल बोरिक, अर्जेन्टिनाका जाभियर मिलेई, फ्रान्समा इमानुएल म्याक्रोन, स्पेनमा पोडेमोस र पछिल्लो उदाहरणमा बुर्किना फासोका इब्राहिम ट्राओरे जनताको बदलिँ…