नेपालीपन यता, मन कता ?
भौगोलिक हिसाबले सानो भएपनि नेपालमा संसारकै अग्ला हिमाल, सुन्दर प्रकृति र अनेकौं सम्भावना छन् । तर हामी नेपाली सुखको खोजीमा भौंतारिएका छौँ। कस्तुरीले आफ्नो विनाको सुगन्ध नचिनेझैँ हामी पनि बेखबर छौँ।
पुर्खाले आर्जेको भूमि र कमाएको इज्जत–बहादुरी तथा इमानको अवमूल्यन गर्दैछौँ। दर्जनौँ दल र समूहमा विभाजित मनभित्र नेपालीपन हराउँदै गएको छ। त्यहाँ कम्युनिष्ट, कांग्रेस, पञ्च र नयाँ नामका अनुहार मात्र देखिन्छ । दाजुभाइ–दिदीबहिनी, आमाबुवा, मित्र र छिमेकीभन्दा …