‘ठूला पार्टीहरूले आफ्ना व्यवहार र आचरणमा सुधार गर्नैपर्छ’

‘ठूला पार्टीहरूले आफ्ना व्यवहार र आचरणमा सुधार गर्नैपर्छ’

मेनुका पछाईं नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा लामो समय विभिन्न जिम्मेवारीमा रहेर भूमिका निर्वाह गरेकी युवा नेत्री हुन् । महाधिवेशनमा सहभागी हुन कर्णालीबाट काठमाडौं आइपुगेकी उनी शुक्रबार पार्टी मुख्यालय च्यासलमा भेटिइन् । त्यहि मौकामा जनआस्थाकर्मीले जेनजी आन्दोलनपछिको राजनीतिक अवस्था र पार्टीको एघारौं महाधिवेशनको सन्दर्भमा गरेको कुराकानीको संक्षेप : 

कत्तिको उत्साहित हुनुहुन्छ ?्

नकपा एमाले मुलुकको एक निर्णायक र लोकप्रिय पार्टी भएकाले देशभरिका नेता–कार्यकर्तामा अवश्य उत्साह छ । त्यसमा पनि महाधिवेशन पाँच वर्षमा आउने एउटा पर्व हो, त्यसले गर्दा देशभरबाट साथीहरू जम्मा हुनुभएको छ । महाधिवेशन उमंग भर्ने अवसर बनेको छ । साथै, यो महाधिवेशनमा नेतृत्वको चयन पनि हुने भएकाले अझै बढी उत्साह हुने नै भयो । म पनि उत्साहित नै छु । 

भदौ २३ को प्रदर्शन र २४ गतेको जेनजी विध्वंशपछि महाधिवेशन भइरहेको छ । सो क्रममा एमालेले भौतिक क्षति व्यहोर्नुपर्यो । अहिले एमालेप्रति आमरूपमा आक्रोश देखिन्छ । यस्तो बेला नीति र नेतृत्वबारे कस्तो निर्णय लिइन्छ होला ?

जेनजी विध्वंशमा हाम्रो पार्टी आक्रमणको निशानामा परेको हो । जनता त्रसित भए । देशमा शान्ति, सुव्यवस्था खल्बलिने अवस्था आयो । एमालेलाई मात्रै होइन, सम्पूर्ण देशबासी र मुलुकलाई संकट निम्त्याउने काम भयो ।  राजनीतिक व्यवस्था नै धरापमा पर्ने हो कि ? भन्ने स्थिति अहिले पनि छ ।

त्यो आक्रोश एमालेप्रति भयो भन्ने हल्ला चलाइयो तर सबै राजनीतिक पार्टीप्रति एक प्रकारको आक्रोश वा कुण्ठा पोख्ने अवस्था सिर्जना भयो । सरकारको नेतृत्व एमालेले गरिराखेको हुनाले अलि बढी एमालेप्रति हमला भएको हुनसक्छ । तर, एमालेसहित देशका ठूला पार्टीहरूले आफ्ना व्यवहार र आचरणमा सुधार गर्नुपर्छ । त्यो सिक्ने, बुझ्ने कुरा हो । तर, देशका पुराना पार्टी र राजनीतिक व्यक्तिप्रति आरोप लगाउने र लखेट्ने जुन प्रवृत्ति देखा परेको छ  त्यो चाँहि गलत हो । 

तत्कालीन शक्तिशाली प्रधानमन्त्री बालुवाटारबाट एकाएक सडकमा देखिएको अवस्थामा नेतृत्वका लागि को सक्षम होला ?

सत्ताको नेतृत्व गरिराख्नुभएको हुनाले यस्ता खाले घटना हुँदैछ भन्ने सुझबुझ नहुनु एउटा कुरा रह्यो, तर उहाँ पूरै असक्षम भनिहाल्न मिल्दैन । अर्कोकुरा त्यो घटना जुन परिवेशमा भयो त्यो कल्पना नगरिएको घटना हो र यो सुनियोजित थियो भन्ने मलाई लाग्छ । दलहरूलाई असफल बनाएर राजनीतिक व्यवस्था नै समाप्त पार्ने र राष्ट्रियता नै धरापमा पुर्याउनेसम्मका योजना यसभित्र देखिन्छ । 

भदौ २३ गतेको घटनामा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा यसको जिम्मेवारी ओलीले नै लिनुपर्ने आवाज उठिरहेको छ नि ?

कलिला विद्यार्थीको छाती र टाउकोमा गोली हान्ने आदेश ओलीले दिनुभएकोजस्तो मलाई लाग्दैन । सेक्युरिटी फोर्सको एउटा सिस्टम छ, भलै उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो, र उहाँको मातहतमा गृहमन्त्री हुनुहुन्थ्यो । गृहमन्त्रीको मातहतमा सुरक्षा प्रमुख हुनुहुन्थ्यो । आमरुपमा हाम्रा अध्यक्षज्यूले भन्नुभएको छ–त्यो आन्दोलनमा प्रयोग भएका हतियार प्रहरीसँग थिएनन् । आगजनीमा प्रयोग भएका आगो सल्काउने कुरा प्रोफेसनल ढंगबाट प्रयोग भएको देखिन्छ  । त्यसकारण त्यो घटना सुनियोजित हो भन्ने कुरा विस्तारै खुल्दै छ । यसले सम्पूर्ण जिम्मेवारी उहाँले लिनुपर्छ भन्ने कुरा गलत हो । तर, सरकारको नेतृत्व गरेको हुनाले यस्तो हुँदैछ भन्ने जानकारी नपाउनुले राजनीतिक तहमा एउटा ल्याप्सेस भएको देखिन्छ । 

यत्रो मानवीय क्षति भएको छ, देशको कार्यकारी प्रमुख जिम्मेवारीबाट पन्छिन मिल्छ र ? 

सुरक्षा संयन्त्रबाट सूचना लिने र आवश्यक पूर्वतयारी गर्ने कुरामा सरकारको कमजोरी भएको हुनसक्छ । तर, जहाँसम्म प्रधानमन्त्रीले नै सम्पूर्ण जिम्मेवारी लिनुपर्छ भन्ने ढंगबाट कुरा भैराखेको छ, त्यो बेठिक छ । प्रधानमन्त्रीले गोली चलाउन आदेश दिनुभएको होइन भन्नेमा म विश्वस्त छु ।  

जाँचबुझ आयोगलाई बयान दिन्न भनिरहँदा पूर्व प्रधानमन्त्रीले यो कुरो आयोगमा गएर भने हुँदैन ? 

अहिलेको सरकार नै असंवैधानिक छ । अनि यो सरकारले बनाएको छानबिन आयोगमा गएर बयान दिनुपर्छ भन्ने छैन । यो सरकारलाई चुनाव गर्ने म्याडेण्ड दिइएको छ, तर सरकारले दलका नेता, कार्यकर्तालाई जनतासँग भेटघाट गर्नसमेत बन्देज लगाएको स्थिति छ । यसले गर्दा सरकारको नियत के हो भन्ने बुझिन्छ । भलै हामीले बुझ्नुपर्ने कुरा जेनजी आन्दोलनले उठाएका मुद्दा तथा वास्तविक जेनजीहरूले उठाएका विषय जायज छन् । नेकपा एमाले त्यसप्रति सजग छ । पार्टी संरचनाभित्र पनि जेनजी युवालाई उचित सहभागी गराएर लैजानुपर्छ, पार्टीको कामकारबाही पनि जेनजीमैत्री हुनुपर्छ । पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्छ र कमीकमजोरी सुधार गर्दै जानुपर्छ । पार्टी नेतृत्वले यसमा पहलकदमी लिन्छ भन्नेमा हामी विश्वस्त पनि छौं । 

हाधिवेशनले पुरानै नेतृत्वलाई अनुमोदन गर्ला या नयाँ नेतृत्व ल्याउला ?  

नयाँ र पुरानोभन्दा पनि देशको अवस्था र पार्टीको स्थितिका कारण गहन छलफल गरेर सर्वसहमतिमै नेतृत्व चयन होस् भन्ने आमकार्यकर्ताको चाहना छ । पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्छ भन्ने कार्यकर्ताको मत महाधिवेशनले अनुमोदन गर्छ भन्ने विश्वास लिएका छौं । त्यसका लागि गृहकार्य पनि भइरहेको छ । अहिलेका अध्यक्ष र वरिष्ठ उपाध्यक्षले मुख्य नेतृत्वमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँहरू आपसी सहमति गरेर जानुहुन्छ भन्ने मेरो विश्वास छ । 

अर्कोकुरा, अहिलेको परिस्थितिमा बोल्ड नेतृत्वको आवश्यकता छ  । त्यसले गर्दा यो विषम परिस्थितिलाई सम्हान वर्तमान अध्यक्षले नै पुनः नेतृत्व लिनुपर्छ भन्ने हो । उहाँ नेतृत्वमा हुँदा बाहिरी आक्रमणलाई पराजित गर्न सकिन्छ भन्ने आमप्रतिनिधिको बुझाइ छ । यद्यपि, उहाँमा पनि कमीकमजोरी छन्, त्यसलाई सुधार गरेर अघि बढ्नुपर्

कतिपयले अब एमालेको अर्को समूह ‘भीम रावल’ बन्न लागेको टिप्पणी गरेको छ नि ?

त्यो त जसले भन्यो उसैलाई थाहा होला । तर, आन्तरिक प्रतिस्पर्धाले पार्टी कमजोर हुँदैन । महाधिवेशनपछि को नेता कहाँ रहने भन्ने कुरा अहिले नै अनुमान र आशंका नगरौँ । 

अ्न्त्यमा के भन्न चाहनुहुन्छ ? 

हाम्रो महाधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न हुने छ । सबै पक्षलाई एकताबद्ध गराएर पार्टी थप बलियो बनाउनेतिर सबैको भूमिका रहनेमा विश्वास छ ।

टिप्पणीहरू