अन्तिम श्रद्धाञ्जली

अन्तिम श्रद्धाञ्जली

मेरो देशको इतिहास,
(१)
उस्ले अलिकति बल गर्‍यो
मैले अलिकति शिर झुकाएँ 
दयामा उसले मेरो गर्धन माथि
तरवार चलाएन ।

टाट्नामा बाँधेर मलाई
ढुङ्गा जस्तो देवता


देवता जस्तो मान्छेले
नाम र नम्वर फेरेर
बन्द पर्खालभित्र
मेरै रगत पसिनामा रमाईरहेछ
शकुनी पासा थापेर
कूम्भकर्ण निदाई  रहेछ ।

(२)
दया पूर्वका टाट्नामा झुण्डाइएको
म यो देशको नेता हुँ 
बुढो गोरुले वाछीलाई
गर्भधान गराउन नसक्ने ।

वन्द पर्खाल भित्रको
हरियो घांसको लोभले
टाट्नामा झुण्डिएर
म सधैं
सपनाको लड्डु खाई रहेछु ।

मेरो भगवानलाई
आरती उतारिरहेछु
स्यालले झैं
झर्ला र खाउँला भनेर
र्‍याल चुहाईरहेछु
विन्तिपत्र हालिरहेछु
भाका फेरी फेरि गीत गाईरहेछु
घम्कीको भाषामा चाकडी बजाईरहेछु ।

मेरो भगवानको
अरु कसैलाई किन विरोध गर्न दिन्थें र
म आफैंले
चर्को नारा लगाई रहेछु ।

दासता र दमन सहेर
स्वभिमानी सन्तानहरुलाई
निसन्तान वनाउने
म बुढो गोरु हुँ 
वाछीको गर्भधान रोकिरहेछु
नयाँ सृष्टिलाई
नयाँ सन्ततीलाई
धोका दिईरहेछु ।

(३)
र्सपको मुखमा परेको
भ्यागुत्तोले झैं
जिब्रो ललकारेर
आफ्नै सन्ततीलाई निलिरहेछु ।

आमा तिमीलाई धिक्कार छ
गर्भ मै तुहिनुपर्ने
दासहरुलाई तिमीले
व्यर्थ जन्म दियौ ।

तिमीले जन्माएका
ती सबै दासहरुलाई
नया सृष्टिलाई रोक्ने बुढा गोरुहरुलाई
मेरो देशका जीवित नेताहरुलाई
अन्तिम श्रद्धान्जली ।

टिप्पणीहरू