ताप्लेजुङमा तुम्याङ सर्वसम्मत

ताप्लेजुङमा तुम्याङ सर्वसम्मत

आगामी फागुन २१ गतेकाे प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस ताप्लेजुङले जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याङलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको जनाएको छ ।

त्यस्तै, प्रतिनिधिसभा समानुपातिकतर्फ खुला समूहमा प्रतापप्रकाश हाङ्गाम, केशवप्रसाद दाहाल र महिला समूहमा कल्पना देवी सिटौलालाई सिफारिस गरिएको छ ।

यसैगरी, आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस ताप्लेजुङले खुला समूहबाट मणि लामा, पदमसुन्दर पालुङ्वा, मातृकाप्रसाद शेर्पा, गीता कुमारी सेन्दाङ र बलबहादुर तामाङलाई सिफारिस गरेको छ । अपाङ्गता समूहबाट तिलप्रसाद सुब्बा र महिला समूहबाट लिला देवी बोखिम, मातृका देवी प्रसाईं, गीता चौहान तथा प्रमिला गुरुङ सिफारिस भएका छन् ।

पार्टीले सर्वसम्मत निर्णय भएको दाबी गरे पनि केही नेता तथा कार्यकर्ताले असन्तुष्टि र गुनासो व्यक्त गर्न थालेकाे पाइन्छ।

टिप्पणीहरू