पाल्पा जीप दुर्घटनामा मृतक संख्या ४
पाल्पामा हिजो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । घाइते ३४ वर्षीय सुन्दर विकको उपचारका क्रममा मृत्यु भएको छ । नवलपुर मध्यविन्दु नगरपालिका–१३ का विकको चितवनमा उपचार जारी रहँदाको अवास्थामा ज्यान गएको हो ।
यसअघि निस्दी गाउँपालिका–४ की ४५ वर्षीया ओमकुमारी खाम्चा र निस्दी गाउँपालिका–७ की ३६ वर्षीया हेम कुमारी सारु, नवलपुर मध्यविन्दु नगरपालिका–१३ की ३१ वर्षीय बुद्धिमाया विकको मृत्यु भएको थियो ।
दुर्घटना रामपुर–मित्याल–अरुणखोला सडक खण्डको च्युरीबासमा भएको हो । मृतक सुन्दर र बुद्धिमायाका १० वर्षीय लविस सुनार र ५ वर्षकी प्रिन्सा सुनारका छोराछोरी हुन् ।
घाइतेहरुको स्थानीय र चितवनका अस्पतालमा उपचार भइरहेको छ ।
टिप्पणीहरू