सवारी साधनहरु लहरै ठोक्किँदा दुई बसका यात्रु घाइते

सवारी साधनहरु लहरै ठोक्किँदा दुई बसका यात्रु घाइते

पृथ्वी राजमार्गमा आज अपरान्ह भएको सडक दुर्घटनामा दुई वटा बसका यात्रु घाइते भएका छन् । धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकैचोटि ठोक्किँदा ती यात्रु घाइते भएका हुन् ।

दुर्घटनामा स्कुल बससहित चार बस, दुई ट्रक र एक मोटरसाइकल परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि पछाडि गुुडिरहेका सवारी साधनहरु एकआपसमा ठोक्किएका हुन्।

सामान्य घाइतेलाई नजिकैको स्वास्थ्य संस्थामा र गम्भीरलाई काठमाडौं पठाइएको छ।

टिप्पणीहरू