चालिसेमा ७ वटा जुध्दा ठूलो दुर्घटना (नामावलीसहित)
पृथ्वी राजमार्गअन्तरगत धादिङ जिल्लाको धुनिबेशी नगरपालिका–६ चालिसेमा एक छिनअगाडि भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् ।
सात वटा सवारीसाधन आपसमा ठोक्किएर भएको दुर्घटनामा चार वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन् ।
दुर्घटनामा परेका सबै घाइतेको स्थानीय र काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
काठमाण्डौंबाट गजुरीतर्फ जाँदै गरेको बा.प्र.००१ क ००११ नम्बरको स्कूल बस,एन.एल. ०१ बि.ए. ४६५४ नम्बरको डिब्बा गाडी, ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जि.जे. ०३ ए.के. ३२३१ नम्बरको बस र काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, बा १ प ९१७ नम्बरको पर्यटक बस दुर्घटनामा परेको हो ।
घाइते हुनेमा अधिकांश स्कूल बसमा सवार बिध्यार्थी रहेका छन् । चितवनको स्कूल बसमा सवार २५ जना,गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा सवार ८ जना, मोटरसाइकलमा सवार एक जना र डिब्बा गाडीमा सवार एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारीअनुसार चितवनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ग ००११ नम्बरको स्कूल बसका चालक उदयबहादुर थापा,बसमा सवार सुवित थिङ,कविता सिंह,एमबि श्रेष्ठ,रमित परियार, समिर मगर, ईस्माईल थिङ, कमला लामिछाने, सचिन गुरुङ, शिव लामिछाने, आस्विन प्रजा, राधिका चेपाङ, मिलन तामाङ, कशिस तामाङ, सन्तोष प्रजा, बिराज तामाङ, जयराम अर्याल, निशान गुरुङ, समिर परियार, जसमिन श्रेष्ठ, कमल गुरुङ, रबिना सुनार, प्रतिमा मगर, आयुब बी.के., बिमला तामाङ घाइते छन् ।
गोरखाबाट–काठमाडौंतर्फ जाँदै गरेको बसका विनोद पोखरेल, मिना पनेरु, इन्द्र कुमारी देवकोटा, सिता गजुरेल, अजय घिमिरे, सुर्य घिमिरे, कुशल घिमिरे घाइते भएका छन् ।
त्यस्तै मोटरसाइकलमा सवार सेख खलि एस, ग १ ख ८५५१ नम्बरको बस चालक राजु कार्की र डिब्बा गाडीका चालक घाइते भएका छन् । दुर्घटनापछि सडकको दुबैतर्फ लामो जाम लागेको छ ।
टिप्पणीहरू