च्यासलमा मंगल थापालाई दुई चड्कन
नेकपा (एमाले)मा प्रतिनिधि छनोटको विवादले कुटाकुटको अवस्था निम्तिएको छ । आफूलाई अध्यक्ष केपी शर्मा ओलीको फ्यान भन्दै हिँड्ने मंगल थापा आज केन्द्रीय कार्यालय च्यासलमा कुटिएका हुन् ।
बताइएअनुसार जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकालले प्रतिनिधि छनोटमा अनावश्यक हस्तक्षेप गरेको भन्दै आदिवासी जनजाति लोकतान्त्रिक महासंघकाका केही नेता दिउँसो गुनासो सुनाउन च्यासल पुगेका थिए । बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल खेमाका उनीहरूले विधि र प्रक्रिया मिचेर प्रतिनिधि चयनमा काखापाखा गरिएकोमा ढकालसँग जवाफ मागेका थिए ।
त्यसैक्रममा सवालजवाफ भइरहेका बेला ओलीको सुरक्षा दस्तामा खटिने मंगल थापाले चर्का कुरा गरेपछि दुई थप्पड खाएको प्रत्यक्षदर्शी स्रोतले बतायो । महासंघकै एक नेताले ‘बीचमा किन हिरो बन्न खोज्या’ भन्दै झापड हानेको बताइएको छ ।
महेश बस्नेतहरूले हालै गठन गरेको युथ भोलेन्टिएर फोर्समा समेत रहेका थापा सामाजिक सञ्जालमा अन्टसन्ट बोलेर चर्चामा आएका व्यक्ति हुन् । पहिले उनी प्रचण्डको प्रशंसा गर्दै हिँड्थे ।
टिप्पणीहरू