मुख्यमन्त्री बन्दै यादव
मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दावी पेश गरेका छन् । उनले नेपाली कम्युनिष्ट पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र जनता समाजवादी नेपालका ७७ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका हुन् ।
प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णले नयाँ सरकार गठनको लागि आज ५ बजेसम्म दावी पेश गर्न समयसीमा दिएका थिए । लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले समेत मुख्यमन्त्रीमा दावी गरेपछि दिनभर सहमति जुट्न सकेको थिएन । तर मुख्यमन्त्री नपाए विपक्षमा बस्ने कांग्रेसको अडानपछि लोसपा पछाडि हटेको बताइएको छ ।
धशमा पछिल्लो तीन महिनाभित्र तीन सरकार ढलिसकेका छन् ।
टिप्पणीहरू