बसपार्क नजिकै शव, पोष्टमार्टमको तयारी
राजधानीको नयाँ बसपार्क नजिकै एउटा शव फेला परेको छ । बसपार्कसँगैको चक्रपथभन्दा उत्तरतर्फ कपडाले बेरेको अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । शव सनाखत हुनसकेको छैन । प्रहरीले अनुसन्धान जारी राखेको छ ।
टिप्पणीहरू