एमालेमा मध्यराति कुटाकुट,मतपेटिका गायव
नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयनका क्रममा तनहुँ क्षेत्र नम्बर १,मा कुटाकुट भएको छ । गएराति जिल्ला पार्टी कार्यालय दमौलीमा बन्दिपुरको मतगणना भइरहँदा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी खेमाबीच हानाहान भएको हो ।
क्षेत्र नम्बर २,मा सहमतिमै प्रतिनिधि छनौट भए पनि क्षेत्र नम्बर १,मा भने हिजो मतदान भएको थियो । मतदान सम्पन्न भएपछि मध्यराति जिल्ला पार्टी कार्यालयमा मतगणना भइरहँदा लफडा परेको हो ।
स्रोतका अनुसार पृथ्वीसुब्बानिकट समूहका पूर्णबहादुर गुरुङ, रामबहादुर गुरुङलगायतले मध्यराति १२ बजे खगराजनिकट जिल्ला अध्यक्ष हरिराज कँडेल,निर्वाचन अधिकृत शिवदत्त ढकालसहित मतगणनामा खटिएका कर्मचारीलाई कुटेर मतपत्र नै बोकेर हिँडेका थिए ।
पृथ्वीसुब्बानिकट समूहका पूर्णबहादुर गुरुङ, रामबहादुर गुरुङलगायतले मध्यराति १२ बजे खगराजनिकट जिल्ला अध्यक्ष हरिराज कँडेल,निर्वाचन अधिकृत शिवदत्त ढकालसहित मतगणनामा खटिएका कर्मचारीलाई कुटेर मतपत्र नै बोकेर हिँडेका थिए ।
उनीहरुले मतपत्र लगेपछि निर्वाचन अधिकृत ढकालले राति नै सूचना निकालेर अनिश्चितकालका लागि मतगणना स्थगित गरेका छन् ।
सूचनामा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को ११ औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनौटका लागि तनहुँ जिल्ला क्षेत्र नम्बर १ को मतगणना कार्य आज राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको छ ।’
टिप्पणीहरू