राधिका शाक्यद्वारा ‘ओली कुटी’ को शिलान्यास
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निम्ति भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ को निर्माण शुरु भएको छ । ओलीपत्नी राधिका शाक्यले आज कुटीको शिलान्यास गरेकी हुन् । एमाले नेता महेश बस्नेतले तीव्र रुपमा कुटीको निर्माण हुने जानकारी दिएका छन् ।
‘ओली कुटी निर्माणको काम औपचारिक रुपमा शुरु गरिएको छ । आज राधिका आमाद्वारा शिलान्यास सम्पन्न भयो’,सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘अब निर्माण कार्य तीव्र गतिमा अघि बढ्नेछ ।’
गत भदौ २३ र २४ गतेको प्रदर्शनमा ओलीको बालकोटस्थित निवास ध्वस्त भएको छ । त्यसयता,उनी गुण्डुस्थित भाडाको निवासमा बसिरहेका छन् ।
टिप्पणीहरू