बालेनलाई पितृशोक

बालेनलाई पितृशोक

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई पितृशोक परेको छ । बालेनका बुबा रामनारायणको आज मध्यान्ह उपचारको क्रममा निधन भएको हो । 

पिसाबमा संक्रमण हुँदा मुटु र मस्तिष्कमा समस्या देखिएपछि उनलाई आज बिहान नयाँ बानेश्वस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको बेला रामनारायणले प्राण त्यागेका हुन् । 

उनकाे निधन हुनुभन्दा केहीबेर अघि मात्रै प्रधानमन्त्री सुशीला कार्की समेत अस्पताल पुगेको बुझिएको छ ।

टिप्पणीहरू