एमाले महाधिवेशन, जुलुसपछि उद्घाटन

एमाले महाधिवेशन, जुलुसपछि उद्घाटन

नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटनअघि बिहान १० बजेबाट राजधानीका विभिन भेगमा निकालिएको जुलुस भक्तपुर पुगेपछि दिउँसो १२ बजेपछि औपचारिक उद्घाटनको कार्यक्रम छ । 

विभिन्न जिल्ला र प्रदेशबाट आएका प्रतिनिधि, पर्यवेक्षक, नेता तथा कार्यकर्ताहरू भक्तपुरको गट्ठाघर र जगाती क्षेत्रबाट जुलुससहित कार्यक्रमस्थल प्रवेश गर्ने बताइएको छ । जुलुसपछि महाधिवेशनको औपचारिक उद्घाटन सत्र शुरु हुने जानकारी दिइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि तथा अतिथिहरूको सहभागिता रहने एमालेजे जनाएको छ ।

कार्यक्रमस्थल वरपर एमालेले १० हजार बढी स्वयम्सेवक खटाउँदै छ । भोलि र पर्सिको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा राखिएको छ ।

टिप्पणीहरू