जेन–जी विध्वंशकारीविरुद्ध एमालेको जाहेरी
जेन–जी विध्वंशका क्रममा भदौ २४ गते नेताका घर र पार्टी कार्यालयमा भएको तोडफोड तथा आगजनीमा संलग्नहरूविरुद्ध नेकपा एमाले मोरङले प्रहरीमा जाहेरी दिएको छ।
एमालेका १४ वटा जनसंगठनका अध्यक्षहरूले फोटो–भिडियोसहित तयार पारेको विवरण जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कविता कटुवालाई सिडिओ युवराज कट्टेलको उपस्थितिमा बुझाएका छन् । घटनामा संलग्न समूहलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरिएको छ।
एमाले मोरङले गठन गरेको अध्ययन कार्यदलको प्रतिवेदनका आधारमा जाहेरी दिइ…