महानिर्देशकको हिरासत लम्बियो
नलिञ्चोक हेलिपोर्ट प्रकरणमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्व निर्देशक मुरारी भण्डारीको हिरासत बसाइँ लम्बिएको छ। बयान तथा थुनछेक बहसका लागि आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई विशेष अदालतमा उपस्थित गराएकोमा मुद्दा ‘हेर्न नमिल्ने’मा राखिएको हो।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले उनीहरूलाई आइतबार पुनः अदालतमा उपस्थित गराउन निर्देशन दिएको छ।
विस्तृत अध्ययन र आवश्यक प्रक्रिया नपुर्याई हेलिपोर्ट निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बुधबार अधिकारी र भण्डारीसहित सात जनाविरुद्ध अभियोगपत्र दर्ता गरेको थियो। प्रतिवादीहरूमाथि सामूहिक रूपमा १३ करोड ५७ लाख रुपैयाँ विगो दाबी गर्दै आवश्यक कारबाहीको माग गरिएको अख्तियारले जनाएको छ।
अभियोगपत्रमा महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक भण्डारी, तत्कालीन उपप्रबन्धक विक्रम थापा, तत्कालीन वरिष्ठ अधिकृत सम्पन्नता (सम्वृद्धि) श्रेष्ठ, परामर्शदाता गुरुदत्त अधिकारी, विजय थापा लगायतलाई प्रतिवादी बनाइएको छ। यस प्रकरणमा चार जना भने फरार रहेको अख्तियारले जनाएको
टिप्पणीहरू