पाइलटमाथि उडान प्रतिबन्ध, चालक दलका सदस्य छानबिनमा
नेपाल वायु सेवा निगमका विमान परिचालक सन्देश तिवारीलाई सुन तस्करीमा संलग्न रहेको आरोपमा तीन महिनाका लागि निलम्बन गरिएको छ । अस्ति शनिबार साँझ दोहाबाट काठमाडौँका लागि उडान भर्न तयार रहेको अवस्थामा उडान नम्बर आरए २४० मा तिवारीले साढे ८ तोला सुन नेपाल ल्याउन खोजेको आरोप लागेको छ ।
दोहा विमानस्थलस्थित भन्सार चेकजाँचको क्रममा उनको साथबाट उक्त सुन फेला परेपछि तिवारीलाई उतै नियन्त्रणमा लिइएको थियो । त्यतिबेला तिवारीको कारण विमान आधा घण्टा ढिलो उडेको बताइन्छ ।
अहिले तिवारीलाई नेपाल ल्याएर भन्सार कार्यालयले अनुसन्धान अघि बढाएको छ । जहाजभित्र फोटो तथा भिडियो खिचेर उडान सुरक्षासम्बन्धी आचारसंहित उल्लंघन गरेको आरोपमा गत सातादेखि क्याप्टेनद्वय विजय लामा र सोनी राणालाई उडान प्रतिबन्ध लगाइएको छ ।
टिप्पणीहरू