स्टाफ नर्सप्रति ‘जेन जी २.०’ को चासो
देशभरका प्राविधिक शिक्षालयहरुमा रोकिएको स्टाफ नर्सको भर्ना प्रक्रिया यथाशिघ्र सूचारु गर्न ‘जेनजी २.०’ नामक समूहले सरकारको ध्यानाकर्षण गराएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई ज्ञापन पत्र बुझाउँदै स्टाफ नर्स अध्ययनकै लागि नेपाली छात्राहरु विदेश जाने परिपाटी बन्द गराउन आज आग्रह गरिएको छ ।
हाल १० हजारभन्दा बढी विद्यार्थीले नर्सिङ अध्ययनको लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को छनोट प्रक्रिया पूरा गरेकोमा देशभरका ६४ शिक्षालयमा कुल दुई हजार ५६० सिट मात्र हुँदा अन्य विद्याार्थी मर्कामा परेको देखिन्छ समूहको निश्कर्ष छ । नर्सिङ अध्ययनकै लागि पछिल्लो चार वर्षयता स्थापना भएका शिक्षालयमा समेत भर्ना प्रक्रिया अवरुद्ध भएपछि ‘जेनजी २.०’ ले समस्या समाधानको लागि मन्त्रालयलाई दबाब दिएको धेरैको अनुमान छ ।
‘यस विषयमा तत्कालीन प्रतिनिधिसभाको शिक्षा समितिले समेत अध्ययन तथा छानविन गरेर भर्ना अवरुद्ध भएका शिक्षालयहरुमा तुरुन्त भर्ना सूचारु गरेर विद्यार्थीहरुलाई अध्ययन गर्ने अवसर प्रदान गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको भए पनि हालसम्म कुनै शिक्षालयमा भर्ना खुलेको छैन’, ज्ञापन पत्रमा भनिएको छ, ‘प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद एने ०४९ अनुसार सञ्चालनमा रहेका शिक्षण संस्थाहरुमा तत्काल स्टाफ नर्सको भर्ना खोल्न परिषदको कार्यालयलाई निर्देशन दिई नेपाली छोरीहरु नेपालमै अध्ययन गर्न पाउने वातावरण तयार गरिदिनुहुन अनुरोध छ ।’
मन्त्री पुनले गत महिना नै परिषद कार्यालय निरिक्षणको क्रममा चाँडै स्टाफ नर्सको भर्ना खोल्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपनि हालसम्म भर्ना खुल्न सकेको छैन ।
टिप्पणीहरू