डेनमार्कका लागि आवासीय राजदूतलाई थप जिम्मेवारी
राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालका आवासीय राजदूत सुम्निमा तुलाधरलाई थप जिम्मेवारी दिनुभएको छ । उहाँले तुलाधरलाई नर्वेका लागि नेपालको गैरआवासीय राजदूतमा पनि नियुक्त गर्नुभएको हो ।
क्याबिनेटको सिफारिसमा संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले तुलाधरलाई गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डेनमार्कका लागि नेपालका आवासीय राजदूत सुम्निमा तुलाधरलाई नर्वे अधिराज्यका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’
टिप्पणीहरू