खारेज भएको शान्ति मन्त्रालय ब्युँतियो

खारेज भएको शान्ति मन्त्रालय ब्युँतियो

खासा र केरुङका भन्सार नाका पूरै ठप्प भएको अवस्थाबीच समस्या समाधानका लागि प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्र मन्त्रालयलाई आवश्यक पहल गर्न निर्देशन दिनुभएको बुझिएको छ । ल्हासास्थित महावाणिज्यदूत लक्ष्मी निरौलालाई समेत बोलाएर नेपाली व्यापारीले दुःख पाउनु भएन, जसरी हुन्छ कुरा मिलाउनु भन्ने निर्देशन समेत दिइएको छ । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ भूपु भएपछि रिक्त पदमा नियुुक्ति लिन बालुवाटार धाउनेको लर्को लागेपछि तिनलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तातिर पठाउन थालिएको छ । पशुपति क्षेत्र विकास कोषमा कसलाई लैजाने भन्ने टुंगो लागेको छैन । लुम्बिनी विकास कोषमा भने खानेपानीबाट राजीनामा दिएर आएका गोर्खाली इञ्जिनियर दिपक श्रेष्ठलाई नै पुनर्नियुक्ति दिइएको छ ।

प्रेस काउन्सिलको अध्यक्षमा पूर्वन्यायाधीश प्रेमराज कार्कीलाई लैजाने तयारी तुहिएपछि कानुन व्यवसायी कुमार आचार्यलाई अध्यक्ष बनाइएको छ । अर्कोतर्फ गृह मन्त्रालय पूरै शान्ति मन्त्रालयको रुपमा परिणत भएको छ । जेनजीहरुसँग दिनहुँ वार्ता र संवादमा अल्झिएर गान्धीवादी बनेको, दुर्गा प्रसाईंहरूसँग पनि सम्झौता गर्न बाध्य भएको भन्दै त्यसलाई शान्ति मन्त्रालय भन्न थालिएको हो । 

(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित) 

टिप्पणीहरू