बागबजारमा ईश्वर खेमाको अन्तरसंवाद
नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिरहँदा नेताहरुमा ध्रुवीकरण बढेको छ । महाधिवेशन आउन केही दिन बाँकी रहँदा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी घोषणा गरेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह अन्तरसंवादमा जुटेको छ ।
पोखरेल समूहका उपाध्यक्षद्वय युवराज ज्ञवाली,सुरेन्द्र पाण्डेसहितले आज काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा अन्तरसंवाद कार्यक्रम आयोजना गरेका छन् । होटलको सभा हलमा केही बेरअघि शुरु भएको अन्तरसंवादमा कर्ण थापा,ठाकुर गैरे, विनोद ढकाललगायत दर्जनौं नेताको सहभागिता रहेको छ ।
टिप्पणीहरू