भारतीय राजदूत भष्मासुर डाँडामा अचेत
फाइल फाेटाे
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव हाइकिङ जानेक्रममा अचेत भएका छन् ।
आज बिहान हाइकिङ जाँदै गर्दा उनी दक्षिणकाली नगरपालिका-९ भष्मासुर डाँडामा एक्कासी अचेत भएर ढलेको बताइएको छ । उकालो चढ्नेक्रममा शुरुमा असहज महसुस गरेका श्रीवास्तव पछारिएर अचेत भएका थिए ।
उनलाई नेपाली सेनाको एनए-०५५ हेलिकप्टरबाट उद्धार गरी टोखास्थित ग्राण्डी अस्पताल पुर्याइएको बताइएको छ । यसबारे थप जानकारी भने दिइएको छैन ।
टिप्पणीहरू