एनपीएल फाइनल: उपाधि जित्न सुदूरपश्चिमद्वारा लुम्बिनीलिई ८६ रनको विजयी लक्ष्य प्रस्तुत
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई जितको लागि ८६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको सुदूरपश्चिम १९.१ ओभरमा अलआउट हुँदै ८५ रनमा समेटिएको हो । सुदूरपश्चिमको लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाउँदा दीपेन्द्र सिंह एरीले १३ तथा हर्मित सिंह र स्कट कुगेलेइनले समान १०/१० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा रोक्न रोहित पौडेलले ४ ओभरमा १२ रन दिएर तीन विकेट लिए । उनले ११ औँ ओभरको अन्तिम तीन बलमा दीपेन्द्र सिंह एरी, दिपक बोहोरा र पुनित महरालाई पभिलियन फर्काउँदै ह्याट्रिक पूरा गरेका हुन् । यस्तै रुबिन ट्रम्पेल्म्यान र शेर मल्ललेपनि तीन/तीन विकेट लिँदा तिलक भण्डारीले एक विकेट हात पारे ।
अब लुम्बिनीले जवाफी ब्याटिङ गर्नेछ ।
टिप्पणीहरू