साफ महिला क्लब च्याम्पियनसिपमा आज दुई खेल हुँदै

साफ महिला क्लब च्याम्पियनसिपमा आज दुई खेल हुँदै

साफ महिला क्लब च्याम्पियनसिपमा आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा इस्ट बंगाल एफसी र कराँची सिटी एफसी भिड्नेछन् भने दोस्रो खेलमा एपीएफ क्लब र् ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी प्रतिस्पर्धा गर्नेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो २ बजे र दोस्रो खेल बेलुकी ६ बजे शुरू हुनेछ ।

इस्ट बंगाल आज लागातार दोस्रो जितको खोजीमा हुनेछ । बंगालले आफ्नो पहिलो खेलमा ट्रान्सपोर्ट युनाइटेडलाई ४-० गोलले पराजित गरेको थियो । यता काराँची भने पहिलो जितको पर्खाइमा रहेको छ । कराँचीले  शुरूवाती दुई खेलमा ट्रान्सपोर्ट युनाइटेड र नास्रिन स्पोर्ट्स एकेडेमीसँग गोलरहित बराबरी खेलेको थियो ।

हाल बंगाल एक खेलबाट ३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट २ अंक जोडेको कराँची तेस्रो स्थानमा रहेको छ ।

यस्तै आजै हुने दोस्रो खेलमा एपीएफ लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नास्रिन स्पोर्ट्स एकेडेमीमाथि ४-० गोलको फराकिलो जित निकालेको एपीएफ आजपनि सोहि लयको अपेक्षामा रहेको छ । यता ट्रान्सपोर्ट भने पोहिलो जितको खोजीमा हुनेछ । ट्रान्सपोर्टले पहिलो खेलमा काराँचीसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा बंगालसँग ४-० गोलले पराजित भएको थियो ।

हाल एपीएफ एक खेलबाट ३ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ भने एक खेल बढि खेलेको ट्रान्सपोर्ट एक अंकको साथ चौथो स्थानमा रहेको छ ।

टिप्पणीहरू