एनपीएलको टिकटमा क्यानको मनपरी, 'सामान्य जोन'लाई एक्कासी 'प्रिमियम जोन'

एनपीएलको टिकटमा क्यानको मनपरी, 'सामान्य जोन'लाई एक्कासी 'प्रिमियम जोन'

 नेपाल क्रिकेट संघ(क्यान)ले दोस्रो क्वालिफायर र फाइनल खेलको लागि टिकट मुल्यमा मनोमानी गरेसँगै आलोचना हुन थालेको छ । 

क्यानले सिद्धार्थ बैंक जोन, रेड बुल जोन र एनसेल जोनको टिकट मुल्य एक हजारबाट बढाएर दुई हजार पुर्याएपछि क्यानको चौतर्फी आलोचना भएको हो । पहिलो क्वालिफायरसम्म सामान्य जोन रहेका उक्त तीन जोनलाई प्रिमियमको नाम दिँदै क्यानले टिकट मुल्य डबल बनाएको हो । 

क्यानले कार्तिक २६ गते प्रेस विज्ञप्ति जारी गर्दै प्लेअफ र फाइनलको लागि 

साधारणतर्फको टिकट मुल्य पाँच सयबाट बढेर एक हजार हजार हुने र प्रिमियमतर्फ एक हजारबाट बढेर २ हजार हुने जनाएको थियो । तर क्यानले साधारण प्याराफिटमै रहेका रेडबुल, सिद्धार्थ र एनसेल जोनलाई प्रिमियमको नाम दिँदै मुल्य बढाएपछि चर्को आलोचना भएको हो । क्यानले उक्त तीन जोनलाई दोस्रो क्वालिफयार र फाइनलको लागि प्रिमियम जोन बनाउनेबारे कुनै जानकारी दिएको थिएन ।

अन्य जोन १, २ र ३ को भने टिकट मूल्य निर्धारित तालिका अनुसार पाँच सयबाट बढेर एक हजारनै रहेको छ ।

टिप्पणीहरू