बालिका बलात्कारी, पुगे सीमानापारि

बालिका बलात्कारी, पुगे सीमानापारि

सर्वाेच्चको आदेशभन्दा ठूलो हो जेलरको आदेश  ? हाडनाताभित्र नाबालिका करणीको एउटा मुद्दामा जिल्ला, उच्च हुँदै सर्वाेच्चसम्म चक्कर लगाएर १० वर्षपछि न्यायाधीशद्वय टंकबहादुर मोक्तान र कुमार रेग्मीको इजलासबाट १५ वर्षको कैद आदेश भएकोमा जेलरले १० वर्षमै छुटाइदिएको पाइएको छ । रकम लिएर समयअगावै कारागारमुक्त गरिदिएको विषयमा अख्तियारप्राप्त विभिन्न निकायमा उजुरी पुगेको छ । तर कारबाही शून्य । उनलाई बोर्डर पार गराउने जेलर, इन्द्रबहादुर चौधरी, निर्धक्क दुई वर्षदेखि अछाममा कार्यरत छन् । 

घटना यस्तो छ – 

०७१ साल असार २९ गतेको राती प्रकाश गौतम र चित्रबहादुर ओलीले नातामा काकी पर्नेको श्रीमान् घरमा छैनन्, घरभित्र छिरेर बालिका सुतिरहेको देखेपछि पालैपालो जबरजस्ती करणी गरे र आफन्तलाई खबर गर्दा कारवाहीबाट बच्छौं भनेर फोन घुमाएको बयान दिएका छन्, कैलाली जिल्ला अदालतका न्यायाधीश मात्रिकाप्रसाद मरासिनीसमक्ष । शुरुको अदालतले कैद र जरिवाना सजायँ सुनायो प्रकाश गौतमले ८ वर्ष र थप ५ वर्ष कैद काट्नुपर्ने भयो । चित्रबहादुर ओलीको हकमा सोही उमेर १४ र १६ वर्षबीच रहेकाले जम्मा कैद १३ वर्षको आधा ६ वर्ष ६ महिनामा झारिदियो । 

पीडित बहिनी र तीन पुस्ता भित्रको नातिनी नाताकी भन्ने थाहा हुँदाहुँदै सजायँ घटाउने उच्च अदालत दिपायलका न्यायाधीशद्वय चित्रदेव जोशी र दुर्गाबहादुर विश्वकर्माको फैसलालाई त्रुटिपूर्ण ठहर्‍याए सर्वाेच्चका टंकबहादुर मोक्तान र कुमार रेग्मीले । सर्वाेच्चको ०७९ भाद्र १३ को फैसलामा चित्रबहादुरको हकमा १० वर्षको ठाउँमा ७ वर्ष ६ महिना कैदको लगत असुलउपर गर्ने र प्रकाश गौतमलाई १५ वर्ष जेल राख्न कारागार कार्यालयलाई पत्र पठाइएकोमा जेलरले पूरै कैद भुक्तान नगरी भगाइदिएका छन् ।

शुरुमा मालपोतका कर्मचारी थिए इन्द्र चौधरी । दुई वर्षदेखि कारागार कार्यालय अछाममा छन् । उनैले गौतमलाई ०८१ साल साउन २ गते थुनामुक्त गरिदिएका हुन् । ६० जना बन्दीको कैलाली कारागारमा २४ जना त नाइके र सहनाइके छन् । जबकि कानुनअनुसार १० कैदी बराबर १ सहनाइके र २५ कैदी बराबर १ नाइके हुनुपर्ने हो ।

नाइके र सहनाइके बनाउँदा समेत कैदीबाट उठाइन्छ । जेनजी आन्दोलनमा पूर्व चौकीदार मोहन रावल, प्रेम धामी, चौकीदार देवेन्द्र कुँवर, प्रकाश कुँवर, विक्रम कुँवर, झपट भण्डारीमार्फत पञ्चदेवल नगरपालिका र विनायक नगरपालिकाबाट आन्दोलनकारी बोलाएर तोडफोड र आगजनी गर्दै कैदीबन्दीलाई भगाएको आरोपसमेत छ जेलरमाथि । चौकीदार मोहनसँग मिलेर कमसल खाना खुवाएको, विरोध गर्दा गजेन्द्र खातीलाई कुटपिट गरेको विषय अख्तियार पुगेको छ ।

प्रकाश गौतमलाई १० वर्षमै छुटाइँदा कारागारका सहयोगी गोविन्द देवकोटाले ५ लाख रकम लिएको समेत चर्चा हुने गरेको छ । अहिले देशभरका कारागारहरू हेर्ने जिम्मेवारी पाएका छन्, लीलाप्रसाद शर्मा र चोमेन्द्र न्यौपानेले । यस्ता बद्मासीलाई गर्ने जेलरमाथि किन कारवाही नगरेका होलान् ?

– पीडितहरू 

 

टिप्पणीहरू